तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोनाबाट १ लाख ३१ हजार संक्रमित, ३ हजार ८ सयको मृत्यु

काठमाडौं। भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ। वल्र्डमिटरका अनुसार आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दाअघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, ब्राजिल, रुस र अमेरिका छन्।

भातरमा ३ हजार ८ सय ६८ जनाको कोरोना संक्रमणपछि निधन भएको छ। त्यहाँका संक्रमितमध्ये ५४ हजार ३ सय ८५ अहिले संक्रमणमुक्त भएका छन्।एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४२३ पुगेको हो ।यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button