तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडा अस्पतालका १२ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ

मकवानपुर । हेटौंडा अस्पतालका १२ जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित प्रादेशीक प्रयोशालामा गरिएको परिक्षणमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

हेटौंडा–४ हुप्राचौरकी कोरोना संक्रमित महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी मध्ये आज १२ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । हिजो र आज गरी अस्पतालका डाक्टर कर्मचारी, नर्स, ल्यावमा कार्यरत स्वास्थ्य प्राविधिक सहित एक सय जनाको स्वाब संकलन गरिएको थियो ।

जस मध्ये आज १२ जनाको रिपोर्ट प्राप्त भएको र उनिहरुमा कोरोना नभएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो । हेटौंडा स्थित प्रयोगशालामा पीसीआर किट सकिएकाले अन्य बाँकीको भोली परिक्षण पश्चात मात्र रिपोर्ट आउने बताईएको छ ।

किट अभावका आज थोरै जनाको मात्र कोरोना परिक्षण गरिएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button