तपाईँ सुन्दै हुनुहुन्छः

चार चिकित्सक सहित ७ जना कोरेन्टाईजमा

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका एक युवकमा शुक्रबार कोरोना संक्रमण पुष्ठि भएपछि अस्पतालका चार चिकित्सक सहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय ती युवकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आज मात्रै डडेल्धुरामा ४० जना भन्दा बढीको स्वाब परिक्षण गरिएको डडेल्धुरा स्वास्थ्य कार्यालयका प्रमुख डा. आशुतोस श्रेष्ठले बताउनुभयो ।

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ति युवकलाई स्क्रव टाइफसको उपचारपछि घरफर्किएको र त्यस लगत्तै फेरी अस्पताल आएपछि ६ गते स्वाब परिक्षण गराएका थिए ।

ती युवक सहरी बिकास डिभिजन कार्यालय डडेल्धुरामा ओभरसियर पदमा कार्यरत रहेको र तिनको सम्पर्कमा रहेको आशंकामा झण्डै ४० भन्दा बढी मान्छेहरुको स्वाब परिक्षण गरिएको छ ।

स्वाब परीक्षण गराउनेमा १५ जना सुरक्षाकर्मी, ५ जना संचारकर्मी, सहरी विकास डिभिजन कार्यालयका कर्मचारी, करदाता सेवा कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन र होटल लगायतका गरि ४० भन्दा बढीको स्वाभ परिक्षण गरिएको डा. आशुतोश श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button