तपाईँ सुन्दै हुनुहुन्छः

नेपालका कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । नेपालका सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । ४ महिनाको अवधिमा नेपालका ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको हो ।

संक्रमितको संख्या ५४८ देखिएको छ भने ३ जनाले ज्यान गुमाउनुका साथै ७० जना निको भएका छन् ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४० जिल्लाहरूको विवरणः

बाँके ११५, पर्सा ९१, रुपन्देही ३७, उदयपुर ३३, कपिलवस्तु ७७, काठमाडौं १३, धादिङ २, कैलाली ७, बारा ११, धनुषा ९,रौतहट २२, वाग्लुङ २, चितवन ६, झापा ३५, महोत्तरी ३,भक्तपुर ४, बर्दिया २, भोजपुर १, कञ्चनपुर १, नवलपरासी (पश्चिम) ६, सप्तरी २, सर्लाही ३२, नवलपरासी (पूर्व) २, मकवानपुर ३, दाङ ५, काभ्रे १, सिरहा १, सिन्धुपाल्चोक १, मोरङ ५, धनकुटा ७, गुल्मी १, खोटाङ १, दैलेख १, सुनसरी ३, ललितपुर १, लमजुङ १, रामेछाप १, सिन्धुली १, डडेलधुरा १, बैतडी १

प्रतिक्रिया राख्नुहोस्

Back to top button