तपाईँ सुन्दै हुनुहुन्छः

भूमि व्यवस्था मन्त्रीद्वारा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गर्नुभएको छ ।

शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा उहाँलाई प्रदान गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्र्न खट्नु हुने मन्त्री सहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो ।

मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button