तपाईँ सुन्दै हुनुहुन्छः

आज देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षाकाे सम्भावना

आज काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी क्षेत्रमा अम्पुन चक्रवात कमजोर भएर बंगलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव र अन्य स्थानमा स्थानीय वायुको मात्र प्रभावका कारण पानी पर्ने सम्भावना रहेको हो ।

अहिले पूर्व क्षेत्रमा वर्षा भैरहेको, केहीबेरपछि काठमाडौं उपत्यकामा पनि वर्षा हुने र अपराह्नपछि देशका पूर्वदेखि पश्चिमसम्मै केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन् ।

त्यसपछि दिउँसो पश्चिमका पहाडी क्षेत्रमा मात्र आज वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्वभावना आइबारसम्मै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button