तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज र जनकपुरको लागि नयाँ पिसिआर मेसिन आईपुग्यो

 

जनकपुरधाम । कोरोना माहामारी रोकथाम, नियन्त्रणमा परीक्षण महत्वपूर्ण भएकाले लागि प्रदेश नंं २ को सरकारले जनकपुरधाम र राजविराजको लागि २ वटा रियल टाईम पिसिआर मेसिन खरिद गरेर ल्याएको छ ।

मन्त्री परिषदले गरेको निर्णय अनुसार जनकपुर, विरगंज र राजविराजमा परीक्षण ल्याव संचालनमा आउने भएका छन् । विरगञ्जमा पहिला नै सञ्चालनमा आएको छ । जनकपुर र राजविराजको लागि रियल टाईम पिसिआर मेसिन खरिद गरेर ल्याई पुर्याएको छ ।

आगामी सोमवार देखी जनकपुरधामको वडा नंं ४ मा रहेको क्षेत्रिय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला तथा सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जडान हुने गरि तयारी शुरु भएको प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिनु भएको छ । उक्त मेसिनवाट ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने क्षमता रहेको छ ।

त्यसैगरि प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख रकम निकाशा गरेको छ ।

यसैगरि विरगंज स्थित नारायणी अस्पतालको कोरोना विषेश अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा संचालन हुने गरि राजविराज र बारा जिल्लाको सिमरामा १ हजार बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराए इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

विरगंजमा विदेशबाट आउने नागरिक लाई राख्न ५ सय बेडको होल्डिङ्ग क्वारेन्टाइन सञ्चालन गर्नका लागि नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था समेत गरेको सरकारका प्रवक्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button