तपाईँ सुन्दै हुनुहुन्छः

कुमारी ट्रष्टद्वारा एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

जाजरकोट । नेपाली कांग्रेशका नेता तथा पूर्वसभासद् राजीव विक्रम शाहले कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश अस्पतालसहित प्रदेशका जिल्ला अस्पताललाई एक करोड रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

पूर्वसभासद् शाहले कुमारी ट्रष्टमार्फत प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डन डा डम्बर खड्कालाई भेन्टिलेटर आइसियु लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

पूर्वसभासद् शाहले नौ वटा जिल्ला अस्पताललाई ३० लाख रुपैयाको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीका बेला पूर्वसभासद् शाहले गरेको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button