तपाईँ सुन्दै हुनुहुन्छः

गाँउ छोडेर जंगल पसेका राउटेहरुलाई गाँउमै फर्काईयो

डडेल्धुरा । विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासदीसंगै खाद्यान्न अभाव हुन थालेपछि गाउँ छोडेर जंगल पसेका डडेल्धुराका राउटेहरु पुनः गाँउमै फर्काइएको छ ।

गाउँमा वस्दा कोराना सर्न सक्ने भन्दै केही दिन अगाडि गाईगोरु र बाख्रासहित यहाँका राउटे समुदाय नजिकैको जंगलमा गएका थिए । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. १२ आमपानीमा बस्दै आएका राउटेहरु कोरोनाको त्रासका कारण नजिकैको राष्ट्रिय वन क्षेत्रमा बस्दै आएका थिए । उनीहरु कोरोनाको संक्रमणबाट बच्न र खाद्यान्न समस्या भएपछि जंगलमा रहेका तरुल, गिठा खाएर छाक टार्न सहज हुने भन्दै जंगल पसेका थिए । ‘लकडाउनका कारण छाक टार्न समस्या भएपछि तरुल र गिठ्ठा खाएर पेट पाल्न गाउँ छाडेर करिब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जंगलमा आएका थियौँ,’ स्थानीय राउटे चन्द्रसिह ले भने ‘अब नगरपालिकाले राहत दिने भनेपछि घर फर्किएका छौँ ।

खाद्यान्नको अभाव भएको भन्दै जंगलमा पुगेका राउटेलाई घर फर्काएको र गाउँमै पुगेर राहत वितरण गरेको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button