तपाईँ सुन्दै हुनुहुन्छः

युवतीमा आरडीटी पोजेटिभ देखिएपछि आफन्तको कोरोना परिक्षण


डडेल्धुरा । डडेल्धुरा बसेर अछाम गएकी एक युवतीमा कोरोना देखिएपछि आफन्तको कोरोना परीक्षण गरिने भएको छ । अछामको वान्नीगढी गाउँपालिका ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा ‘पोजिटिभ’ नतिजा आएको थियो ।

अछाम गएपछि युवतीमा कोरोना देखिएकाले जिल्लाको अमरगढी नगरपालिका ६ छचोडामा रहेका उनका आफन्तको समेत कारोना परीक्षण थालिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिनुभएको छ ।

ती युवती चैत ९ डडेल्धुरा आएर बैशाख ६ अछाम फर्किएको बुझिएको उहाँले बताउनुभयो। उनी काठमाडौँबाट आएको र एक महिना जति डडेल्धुरामा आफन्तसँग भेटघाट गरिएको बताइएको छ । उनको सम्पर्कमा आएका ७ जनाको आरडीटी परीक्षण गरिने भेक्टर कन्ट्रोलर सुपरभाइजर भट्टले बताउनुभयो ।

ती युवतीको आरडीटी परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएपछि ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button