तपाईँ सुन्दै हुनुहुन्छः

थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५०७ पुग्यो

काठमाडौँ । आज पछिल्लो पटक थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो पटक बाँकेका १४ जना, कैलालीका तीन जना, डडेलधुरा, बैतडी र मोरङका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस अगाडि आज बिहान मात्रै विभिन्न जिल्लाका ३० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ४० जिल्लाका चार सय ३३ जना पुरुष र ७४ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणका कारण हालसम्म नेपालमा तीन जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज मात्रै थप २१ जना उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म नेपालमा कूल ४२ हजार चार सय ८८ जनाको पिसीआर तथा ८२ हजार एक सय १६ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार आठ सय १९ जनाको पिसिआर र तीन हजार चार सय २१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी देशका विभिन्न स्थानमा २७ हजार आठ सय २९ जना क्वारेनटाइनमा रहेका छन् भने चार सय ३३ जना विभिन्न अस्पतालमा रहेको आइसोलेसन वार्डमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button