तपाईँ सुन्दै हुनुहुन्छः

निसान छाप परिवर्तन गर्न संविधानलाई संशोधन गर्ने सरकारको निर्णय

फाइल तस्बिर

काठमाडौँ । सरकारले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको अनुसूची–३ मा रहेको निसान छापमा नेपालको नक्सा नेपालको वास्तविक सीमा अनुरूप मिलाउने प्रयोजनका लागि संविधान संशोधन गर्ने विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार कर्मीले सोधेको प्रश्नको जवाफमा मन्त्री डा. खतिवडाले सरकारले अन्तर्राष्ट्रिय सीमा समेतको नेपालको वास्तविक नक्सा जारी गरेको र त्योसँग सम्बन्धित विवादका विषयलाई दुई पक्षीय कूटनीतिक वार्ताका माध्यमबाट समाधान खोजिने बताउनुभयो ।

सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री डा.खतिवडाले सरकारले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश–२०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको जानकारी समेत दिनुभयो ।

सरकारले मुस्लिम धर्मालम्बीहरुको पर्व इदउलफित्रका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको समेत सरकारका प्रवक्ता एवं मन्त्री डा.खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button