तपाईँ सुन्दै हुनुहुन्छः

गुगलले राख्यो नेपालको नयाँ क्षेत्रफल

काठमाडौं । गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।

नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो ।

गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।

नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button