तपाईँ सुन्दै हुनुहुन्छः

थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४८७ पुग्यो

काठमाडौँ । आज थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या चार सय ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सङ्क्रमित हुनेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष भरतपुर महानगरपालिका–६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ बर्षीया महिला रहेका छन् । नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३, १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू ,१५  वर्षीय महिला रहेका छन् ।

त्यस्तै कपिलबस्तु बाँडगंगा न.पा., मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३, वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका रहेका छन् ।

त्यसैगरी सलार्ही गोडैता न.पा. ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीय महिला रहको छन् ।

सह प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको सम्पर्कमा रहको बताइएको छ ।

Image

प्रतिक्रिया राख्नुहोस्

Back to top button