तपाईँ सुन्दै हुनुहुन्छः

अम्पुनको प्रभाव आज न्यून हुने,काठमाडौं उपत्यकामा वर्षाको सम्भावना

काठमाडौं। भारत र बंगलादेशमा आएको शक्तिशाली सामुद्रिक आँधीचक्रवात अम्पुन बिहीबार साँझदेखि नै कमजोर भई बंगलादेशमा न्यून चापीय प्रणालीमा खुम्चिएर बसेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

स्थानीय वायुको समेत प्रभावले आज अपराह्नदेखि साँझसम्म देशको पूर्वी भूभागका थोरै तथा मध्य र पश्चिमका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

यस्तै आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको छ।

यसअघि अम्पुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी भूभागमा मध्यमसम्म वर्षा गराएको थियो।

बंगालको खाडीमा विकास भएको अम्पुन दसकयताकै शक्तिशाली सामुद्रिक आँधी भएको भारतको मौसम बिभागले बताएको छ। बुधबार साँझदेखि त्यो आँधी जमिनमा ठोक्किन सुरु भएपछि भारतका पश्चिम बंगाल र ओडिसा तथा बंगलादेशमा समेत भौतिक तथा मानवीय क्षति भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button