तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका २१ जना कोरोना सङ्क्रमित डिस्चार्ज हुँदै

नेपालगन्ज  ।  बाँकेका पहिलो कोरोना सङ्क्रमित ६० वर्षीय पुरुषसहित २१ जना आज निको भएर घर फर्कदैछन् ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र ८ का २० जना निको भएर घर फर्कन  लागेका हुन् ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले पहिलो सङ्क्रमित व्यक्तिको तेस्रो र अन्य २० जनाको दोस्रो रिपोर्ट नै नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गर्न लागिएको जानकारी दिनुभयो ।

बाँकेमा पहिलो पटक वैशाख १९ गते १ जनामा कोरोना सङ्क्रमण देखिए यता हालसम्म १ सय १ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको क्वारेनटाइनमा मृत्यु भएको थियो ।

नरैनापुरका ७४, नेपालगन्जका २५ र खजुराका २ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरूको खजुरा, नेपालगन्ज, कोहलपुर र दाङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button