तपाईँ सुन्दै हुनुहुन्छः

धादिङको गुम्दी स्वास्थ्य चौकी शील


धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकीमा लामो समय बसेर काठमाण्डौ गएका लमजुङ जिल्लाका साढे २ वर्षका बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र शिल गरिएको छ ।

स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु पनि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सरकारले लकडाउन घोषणा गरेपछि काठमाण्डौमा रहेका ती बालक आफ्नी आमासंगै मामाघरको हजुरवुवा कार्यरत गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए ।

काठमाण्डौ फार्किएपछि कोरोना परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । सँगै रहेकी बालकको आमालाई भने कोरोना देखिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button