तपाईँ सुन्दै हुनुहुन्छः

विर्तामोड नगरपालिका आज राती १२ बजे देखी सिल गर्ने निर्णय

झापा । झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले आज देखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

हिजो सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले आज राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।

बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार औषधि र कृषिजन्य वस्तुको व्यवसाय भने खुला गर्न दिइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button