तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४५३ पुग्यो

काठमाडौँ । आज पछिल्लो पटक थप नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या चार सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो पटक झापामा आठ जना र रुपन्देहीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो पटक सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सबै जनाको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरू मार्फत कन्ट्याक्ट टे«सिडको काम भइरहेको छ ।

यस अगाडि आज बिहान मात्रै झापामा १५ जना तथा धनकुटा र सुनसरीमा एक/एक जना गरी जम्मा १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ३८ जिल्लाका तीन सय ८३ जना पुरुष र ७० जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा गुल्मीका ४१ वर्षीय पुरुषको निधन भएपछि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने ४९ जना उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म नेपालमा कूल ३८ हजार सात सय ३६ जनाको पिसीआर तथा ७८ हजार छ सय ९५ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय १३ जनाको पिसिआर र तीन हजार छ सय २३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button