तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट २७ सय ३८ नेपालीलाई भित्र्याइयो

नेपालगन्ज  । बाँकेको नेपालगन्ज नाकाबाट हिजो साँझदेखि आज बिहानसम्म २ हजार ७ सय ३८ जना नेपाली नेपाल भित्रिएका छन् ।
भारतका विभिन्न सहरबाट आएर नाकामा केही दिनदेखि रोकिएका प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नेपालीलाई नेपाल ल्याइएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताउनुभयो ।
हिजो साँझ १ हजार ३ सय २५ जना नेपाल भित्रिएका थिए भने बाँकी गए राति र आज बिहान भित्रिएका हुन् । उनीहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेनटाइनमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

६९ वटा बस मार्फत उनीहरूलाई सम्बन्धित जिल्लामा पठाइएको हो । बाँकेमा रहेका २ हजार ८ सय ११ भारतीयलाई पनि भारत पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button