२०७८ साल असार ८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

रेडियो नेपाल २०७७ जेठ ८ गते १३:०५

एजेन्सी- ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन ब्राजिलमा १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । यो संँगै त्यहा संक्रमितको संख्या दुई लाख ९३ हजार नाघेको छ ।

ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हुने तेस्रो स्थानमा छ । भाइरसका कारण एकैदिन ८ सय ८८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ हजार ८ सय नाघेको छ । संक्रमण बढदै गएपछि राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपचारमा प्रयोग गर्न सुझाएका छन् ।

संक्रमितहरुको संख्या तीव्र गतिमा थपिँदै गएपछि ब्राजिलको स्वास्थ्य सेवा ठूलो दबाबमा परेको छ । क्षमता भन्दा धेरै सेवाको माग भएका कारण समस्या भएको र केही दिनमै स्वास्थ्य सेवा कोल्याप्स हुन सक्ने चेतावनी विज्ञले दिएका छन् ।

सम्बन्धित