तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ। ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । यसअघि नेपाली सेनाले स्थलमार्गबाट ८ टन औषधि र वाइडवडीबाट करिब १९ टन स्वास्थ्य सामाग्री समेत ल्याइसकेको छ। अहिलेसम्म सेनाले झण्डै ३५ टन औषधि ल्याएको छ।

यसैगरी थप १२ वटा कन्टेनर तातोपानी नाकाको चिनियाँ क्षेत्रमा आइसकेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । सेनाले ३ सय ४१ टन स्वास्थ्य सामाग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो।
ती स्वास्थ्य सामाग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button