तपाईँ सुन्दै हुनुहुन्छः

अवकाश प्राप्त अधिकृत अर्यालविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अवकाश प्राप्त अधिकृत ऋषिराम अर्यालले १७ करोड ८३ हजार बढी रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

२०३९ सालमा गाविस सचिव अर्थात खरिदारबाट सेवा प्रवेश गरेका अर्यालको आर्थिक वर्ष २०७५–०७६ सम्मको अवधीमा आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ हजार ४१ हजार पाँच सय रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button