तपाईँ सुन्दै हुनुहुन्छः

पिसिआर परीक्षणको शुल्क तोकिएको छैनः मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थालाई गर्न दिने निर्णय भएपनि शुल्क नतोकिएको स्पष्ट गरेको छ ।

मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले आज विज्ञप्ति जारी गरी परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिनुभयो ।

मन्त्रालयले हिजो स्वेच्छाले कोभिड १९ को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत परीक्षण सशुल्क गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button