तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत दशगजा क्षेत्रमा अलपत्र १९५ जनाको उद्धार

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र नेपाल–भारत दशगजा क्षेत्रमा अलपत्र परेका १ सय ९५ जनाको उद्धार गरिएको छ ।

अध्ययन तथा रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गई कोरोना भाइरस संक्रमणको त्रासमा रोग, भोक र शोकमा रहेका उनीहरु केही दिन पहिले सीमावर्ती बजार खटिमा हुँदै कञ्चनपुर स्थित महाकाली नदि पश्चिमको माहाकाली नगरपालिकामा आइपुगेका थिए ।

भीमदत्त नगरपालिका र कुमार श्रेष्ठ निर्माण सेवा प्रा.लि.का सवारी साधनमा राखी गएराति उनीहरुलाई दोधाराचाँदनी झोलुंगे पुलको बाटो हुँदै महेन्द्रनगर प्रवेश गराइएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी उनीहरुलाई महेन्द्रनगर पुगाइएको नगर प्रमुखका स्वकीय सचिव नरेन्द्र कार्कीले जानकारी दिनुभयो । उद्धार गरिएका १९५ जना नेपाली नागरिकहरूलाई अहिले भीमदत्त नगरपालिका स्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुको स्वास्थ्य परिक्षणपछि सम्बन्धित स्थानीय तह संग समन्वय गरी पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनु भयो ।

पछिल्लो समय भारतमा लकडाउन खुकुलो भएपछि भारतका विभिन्न ठाउँमा अलपत्र नेपालीहरु धमाधम नेपाली सीमासम्म पुगी अवैधानिक बाटोबाट नेपाल भित्रिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button