तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको प्रादेशिक क्वारेन्टाईन १४ दिनका लागि शील

जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नंं ५ गंगुलीमा सञ्चालनमा रहेको प्रादेशिक क्वारेन्टाईनलाई शिल गरिएको छ ।

उक्त क्वारेन्टाईनमा बसेका मधये पटक पटक गरेर ५ जना व्यक्तिमा कोरोनाको संक्रमण देखा परेका कारणले १४ दिनका लागि शिल गर्ने निर्णय जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनु भएको छ ।

नेपाली सेनाको रेख देख तथा प्रदेश नंं २ का सरकारको सञ्चालन गरेको उक्त क्वारेन्टाईनमा शुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्ला कोरोनाका आशंकित व्यक्तिहरुलाई राख्ने काम हँुदै आएको थियो ।

अहिले पनि क्वारेन्टाईनमा ८१ जना नेपालका धनुषा, महोत्तरी तथा भारतीय नागरिकहरु रहेको क्वारेन्टाईनका ईन्चार्ज सन्तोष कुमार ठाकुरले जानकारी दिनु भयो ।

अव क्वारेन्टाईनमा भएका सबै जनाको स्वाव संकलन गरेर पि सि आर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः सेनिटाईज गरी नयाँ शिराले सञ्चालन गर्ने ईन्चार्ज ठाकुरले बताउनु भयो ।

खास गरेर क्वारेन्टाईनमा दूरी अपनाए पनि चेतनाको अभावले खानामा कतै लसफस भयो कि भनेर सबैको परीक्षण नगरेसम्म शिल गरिएको छ ।

साथै संकट व्यवस्थापन समिति धनुषाले नगराईन नगरपालिकालाई अर्को क्वारेन्टाईन सञ्चालनमा ल्याउनका लागि पत्राचार गरेको छ । धनुुषा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा वैठक भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button