तपाईँ सुन्दै हुनुहुन्छः

झापाका पत्रकारहरुको कोरोना जाँच गरिँदै

झापा । झापाका पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच गर्न शुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक विकास मन्त्रालयले आजदेखि पत्रकारहरुको कोरोना जाँचका लागि विर्तामोडस्थित महासंघको कार्यालयमै थ्रोट स्वाव (घाँटीको र्याल) संकलन शुरु गरेको हो ।

महासंघका अध्यक्ष तारामणि सापकोटाले पहिलो चरणमा २५ जनासम्मको स्वाव संकलन गरिने जानकारी दिनुभयो । यो काममा जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीले प्राविधिक सहयोग पुर्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button