तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको सङ्कट न्यूनीकरण गरी दिगो प्रभावलाई ध्यान दिन सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले कोभिड–१९(कोरोन भाइरस) नियन्त्रण र उपचारका लागि अस्पताल र स्वास्थ्य सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा सांसद हरिराम चौधरीले सुदुरपश्चिम प्रदेशबाट भारतमा धेरै नेपाली मजदुरी गर्न गएको र फर्कने क्रम तिब्र रुपमा बढेको भन्दै सुदुरपश्चिममा उत्पन्न हुन सक्ने कोभिड–१९को समस्या समाधान गर्न र तत्काल अस्पतालको व्यवस्था गरी परीक्षणमा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

सांसद जितेन्द्रनारायण देवले संविधानमा नै नागरिकको बाँच्न पाउने अधिकार शुनिश्चित गरिएकाले कोरोनाको समस्या समाधान गर्न सरकारले विशेष ध्यान दिनु पर्ने र विदेशबाट नेपाल फर्कन चाहने नेपालीलाई नेपाल ल्याएर सुरक्षीत राख्न माग समेत गर्नुभयो ।

सांसद शेखरकुमार सिंहले धेरै मानिस क्वरेन्टाइनमा बसेको भएपनि उनीहरुको परिक्षण र रेखदेख प्रभावकारी रुपमा हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामनारायण विडारीले अन्तराष्ट्रिय कानुन, राजनीति कुटनीतिअन्तराष्ट्रिय सिमा सम्बनधी कानुन, सिद्धान्त, प्राप्त तथ्य र प्रमाणका आधारमा यसलाई छिटोभन्दा छिटो टुङ्गो लगाउनु पार्ने बताउनुभयो ।

छलफलमा सांसदहरुले गर्नु खेती गर्ने समय शुरु भएकाले किसानहरु मलखाद र बिउ विजन प्रप्त गर्न नसकेकाले समस्या उत्पन्न गराएको भन्दै त्यसकालागि प्रभावकारी प्रवन्ध गर्न माग समेत गर्नुभयो ।

नेपाल भित्र खडा गरिएकाक्वारेन्टिन ध्ज्इ को स्ट्यान्डर अनुसार नभएकाले रोग सार्ने थलो बनेको भन्दै क्वारेन्टाइन ध्ज्इ बको स्ट्यान्डर अनुसार बनाउन संसादहरुले समेत माग गर्नुभयो ।

सासंसदले सरकारले आफ्नो नियन्त्रणमा मालबाहक सवारी साधान गाउँगाउँसम्म लगेर त्यहाँको कृषि उत्पादन शहरसम्म ल्याउने र विदशबाट आउने आयात रोकेर देश आत्मनिर्भर बनाउने तर्फ लाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button