तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ

कीर्तिपुर – कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ ।

फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका  उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो ।

आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ । हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ ।

यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका ११० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button