तपाईँ सुन्दै हुनुहुन्छः

बाँके नरैनापुरका कोरोना सङ्क्रमित सम्पर्कका थप १ सय ५८ को स्वाब सङ्कलन

नेपालगन्ज  । बाँकेको नरैनापुरबाट कोरोना सङ्क्रमितहरूको सम्पर्कमा आएका थप १ सय ५८ जनाको स्वाब सङ्कलन गरिएको छ ।

नरैनापुरका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएर बसेका ३ सय ८ जनाको स्वाब लिएर भेरी अस्पताल नेपालगञ्जमा पिसिआर परिक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको थियो । ती मध्ये एक जनाको क्वारेन्टाइनमा मृत्यु भएको थियो ।

आइतबार र सोमबार नरैनापुरबाटै संकलन गरिएका १ सय ७ स्वाबको पनि रिपोर्ट आउन बाँकि रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

संक्रमितहरु क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भएकाले क्वारेन्टाइनलाई नै प्राथमिकता दिएर नरैनापुरमा स्वाब संकलन भइरहेको श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय भारतका उच्च जोखिमयुक्त क्षेत्रबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षणलाई तीब्र पारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button