तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गमा पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसीमा म २ प ५२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वेदकोट नगरपालिका वडा नम्बर ३ का मोहन चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलका अनुसार महेन्द्रनगर देखि वेदकोटतर्फ सवार मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button