तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिमाण लागू औषधसहित १ जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट ठूलो परिमाणको लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय हरिनगर बाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–१ लब्टोलियाबाट सोही नगरपालिका–७ का २१ वर्षीय भोला भनिने नरेशकुमार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट अवैध लागूऔषध नुफिन–५८० एम्पुल, डाईजेल्याब–५६० एम्पुल र फेनारगन–५६० एम्पुल गरी जम्मा १७०० एम्पुल बरामद भएको छ । पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button