तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिवास नगरपालिकाले पिसीआर मेसिन खरिद गर्ने

महोत्तरी । बर्दिवास नगरपालिकाले पिसीआर मेसिन खरिद गर्ने भएको छ । बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कुमार कार्कीले कारोना भाईरस(कोभिड १९)को जाँच गर्ने पिसीआर मेसिन खरिद गर्न लागिएको बताउनुभयो ।

आज रोटरी क्लव बर्दिवासको ज्ञापन पत्र बुझ्दै नगरप्रमुख कार्कीले कार्यपालिकाको सम्पन्न बैठकले कारोना भाईरस(कोभिड १९)को जाँच गर्ने पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको भन्दै खरिद प्रक्रिया अगाडी बढाईसकेको बताउनुभयो । पिसीआर मेसिन खरिद, पूर्वधारको निमार्णको लगायत जनशक्ती व्यवस्थानको तयारी भैरहेको उहाँले बताउनुभयो ।

बर्दिवासमा निर्माण गरिएको क्वारेन्टाईन सुविधा सम्पन्न नभएको र व्यवस्थित बनाउन भन्दै रोटरी क्लव बर्दिवासले नगरप्रमुख कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै बर्दिवास रोटरी क्लवका अध्यक्ष शम्भु प्रसाद भट्राईले यस्तो विषम परिस्थितीमा रोटरी क्लव बर्दिवास नगरपालिकालाई जस्तोसुकै परिस्थितामा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

क्लवले क्वारेन्टाईन व्यवस्थित सुविधा सम्पन्न र मापदण्ड अनुसार बनाउन, खाना खाजा, सुरक्षाको उचित व्यवस्था गर्न, असाय श्रमिकहरुको पहिचान गरी राहत वितरण गर्न, क्वारेन्टाईनमा रहेकाहरु मानोरञ्जन र व्यायमको व्यवस्था गर्न भन्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख बिदुरकुमार कार्कीले क्वारेन्टाईन व्यवस्थापनमा केही समस्या भएको भन्दै क्वारेन्टाईनलाई मापदण्ड अनुसार व्यवस्थित र सुविधा सम्पन्न बनाउन आफू लागिरहको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button