तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सरकारको आर्थिक बर्ष २०७७/०७८को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि प्रधानमन्त्रीले आज जावफ दिनुभएसँगै पारित भएको हो ।

बैठकले नीति तथा कार्यक्रममाथि परेका बिभिन्न संशोधन प्रस्तावहरुलाई बहुुमतले अस्वीकृत गरेको थियो ।

पारित नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आार्थिक बर्षको बजेट यही जेठ १५ गते संसदमा प्रस्तुत गर्नेछ ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १३ गते मंगलवार १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button