तपाईँ सुन्दै हुनुहुन्छः

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो फिर्ता ल्याउँछौ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको भूमि भएकाले फिर्ता ल्याउने बताउनुभएको छ । उहाँले लिम्पियाधुरा, लिपुलेक कालापानी नेपालको भूमि भएको बताउनुभएको हो ।

नीति तथा कार्यक्रममाथि संसदमा उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ २०१८ सालसम्म जगगणना र तिरो उठाउने काम भएको थियो । तिरो उठाउने र जान नदिने रोक्ने काम भए । भारतीय सेना कालापानीमा बसेपछि त्यहाँ भन्दा ब्लग भयो । यति बेला शासनकले पहल नगर्दा ओझेलमा पर्यो ।’

अब लिपियाधुरा, कालापानी, लिपुलेक सेलाउन नपाउने बताउदै उहाँले थप्नुभयो,हाम्रो भूभाग हामी फिर्ता लिएर छोडछौ । कोही रिसाउछ कि भन्ने कुरा छैन, कुटनीतिक वार्ताको माध्यबाट वार्ता गरिन्छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नयाँ नक्सा तयार गरेर ऐतिहासिक उपलब्धी हासिल गरेको र त्यसलाई संविधानलगायत पाठ्यक्रममा लोगो चिन्हहरूमा पनि कार्यान्वयन गरिने बताउनुभयो । “नक्सा नयाँ छापेर ऐतिहासिक काम भएको छ,” उहाँले भन्नुभयो, “अब संविधानमा परिवर्तन गर्ने, पाठ्यपुस्तकका लोगो परिवर्तन ल्याउनेछ । तर यो काम सोचेजस्तो सहज नभएकोतर्फ प्रधानमन्त्री ओलीले सचेत गराउनुभयो ।

यो एकदम सजिलो हुनेछैन । हामीले विभिन्न क्रिया प्रतिकृया देखेका छौँ ।” उहाँले भन्नुभयो । भारतको राष्ट्रिय प्रतीक र नाराकै आधारमा आफ्नो भूमि नेपालले फिर्ता गर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारतको प्रतीक चिन्हमा एउटा सिँह छ र त्यसको मुनि सत्यमेव जयते लेखिएकाे छ । अब म सोध्ने छु, भारतलाई कि सिंहमेव जयते या सत्यमेव जयते ? हामी सत्यमेव जयतेमा विश्वास गर्छौँ र हामी हाम्रो भूमि फिर्ता गर्नेछौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button