तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा जिप दुर्घटना हुँदा दुई जना घाइते

बागलुङ । गलकोटमा पिकअप जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

गलकोट नगरपालिका–३ उपल्लो लमइमा मंगलबार ग२च ५९८० नम्बरको पिकअप जीप दुर्घटना हुँदा सोही वडाका ७२ वर्षीया भविकला बस्नेत र २६ वर्षीय विष्णु बस्नेत घाइते भएको प्रहरी चौकी हटियाका सई अनुप खत्रीले जानकारी दिनुभयो ।

जीपले बिरामी लिएर हस्पिटल जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल हुँदा जीप सडकबाट एक सय मिटर तल खसेको खत्रीले बताउनुभयो ।

घाइतेको गलकोटस्थित आरोग्य हस्पिटलमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button