तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक लाख नाघ्यो, ३ हजार १ सय ५६ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार भारतमा संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३ सय ४० जना छन्।

सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छन्। सूचीको सबैभन्दा अगाडि अमेरिका छ। त्यसपछि क्रमशः रुस, ब्राजिल, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान तथा भारत छन्।

भारतमा ३ हजार १ सय ५६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा भारत १६औं स्थानमा छ।

भारतमा ३९ हजार २ सय ३३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button