तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ३३ जनाको स्वाब संकलन

मेलम्ची । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी आज १ सय ३३ जनाको स्वाब संकलन गरिएको छ । आज तीन ठाउँ राम्चे, बाह्रबिसे बजार र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्कर्मीको सहित १ सय ३३ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभयो । हिजो ५४ जनाको स्वाब संकलन गरिएको थियो ।

हिजो गरिएको ५४ जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइसकिएको छ चापागाईंका अनुसार मृत्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त ,स्थानीय र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको हो ।

राम्चेमा ४६ जना, बाह्रविसे बजार र प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ८७ जनाको स्वाब संकलन गरिएको छ । यसमा ११ जना सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button