तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको निस्दीमा एघार वर्षपछि बिजुली

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा स्थानियले पैसा उठाएको ११ वर्ष पछि बिजुली बाल्न पाएका छन् । सामुदायिक विद्युतीकरणको लागि स्थानियले ११ वर्ष अगाडि पैसा बुझाएका थिए ।

शनिबारदेखि निस्दीको वडा नं. ५ गल्धामा राष्ट्रिय प्रसारण लाइनको विधुत विस्तार भएको छ । निस्दीको ५ वटा वडाका करिव २ हजार ६ सय घरधुरीमा यसै वर्ष भित्र बिधुत पुर्याउने लक्ष्य रहेको लाली गुँरास ग्रामीण विधुत सहकारी संस्था निस्दीका अध्यक्ष दुर्गा बहादुर सोमइले बताउनुभयो ।

धेरै समयको पर्खाइमा राष्ट्रिय प्रसारण लाइन गाउँमा आएपछि मित्यालका स्थानीय बसिसंग खुसी साटासाट गर्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले व्यावसायिक रूपमा आयआर्जनका कार्य गरेर आर्थिक लाभ लिन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button