तपाईँ सुन्दै हुनुहुन्छः

विप्रेषण ४ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७६र७७ को ९ महिनामा करिब ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चैत मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ६२६ अर्ब ९० करोड रुपैयाँ भित्रिएको जानकारी दिएको हो ।

अघिल्लो वर्ष २०७५र७६ को सोहि अवधिको तुलनामा यस बर्षको अहिलेसम्मको विपे्रषणको आप्रवाह ४ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेकोले घटेको जनाएको छ ।

राष्ट्र बैंकले आइतवार जारी गरेको प्रतिवेदनमा यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button