२०७८ साल असार ७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भारतबाट आएर क्वारेनटाइनमा बस्नेको सङ्ख्या बढ्दै

नवीन गिरी २०७७ जेठ ५ गते १०:३१

नेपालगन्ज । बाँकेमा भारतबाट आएर क्वारेनटाइनमा बस्नेहरु बढ्दै गएका छन्  । भारतबाट आउने नेपालीहरुको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइन बढाइएको छ ।

जिल्लामा अहिले ४० वटा क्वारेनटाइनमा एक हजार दुई सय २५ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

एक  हजार पाच सय ३० बेड संख्या रहेका ती क्वारेनटाइनमा ६१ महिला र एक  हजार एक सय ६४ पुरुष छन् । आठ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी नरैनापुर गाउँपालिकामा १० वटा क्वारेनटाइन छन् । त्यहाँ  छ  सय २५ जना बसिरहेका छन् ।

नरैनापुरमा भारतबाट आएर क्वारेनटाइनमा बसेका मध्ये एकको कोरोनाबाट मृत्युु भएको छ भने आठ जना संक्रमितको दाङको बेल्झुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेमा अहिलेसम्म ३४ जना संक्रमित भेटिएका छन् ।

सम्बन्धित