तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ३०४ पुग्यो

काठमाडौं –  नेपालमा थप नौ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३०४ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको  परीक्षणमा रौतहट,  इशनाथ न.पा. – २,  ३,  ६  र  ९ निवासी  २१,  २१,  २३,  २५,  २५,  २९,  ३० बर्षीय पुरुषहरु,  रौतहट माधबनारायण न.पा. – ३ निवासी  २८  बर्षीय  महिला र बारा, करैयामाई- ५ निवासी  ३८  बर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार  हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको  र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको  छ  ।

Image

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button