तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन अझै आवश्यक रहेको उच्चस्तरीय समन्वय समितिको ठहर

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले समाजमा कोरोनाको संक्रमण फैलन नदिन जारी लकडाउनले सहयोग गरेकोले यसको उपादेयता अझै पनि रहेको ठहर गरेको छ ।

उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको २५ औ बैठकले लकडाउनलाई निरन्तरता दिनु आवश्यक भएको ठहर गरेको समितिका सदस्य सचिव एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनु भयो ।

बैठकले लकडाउनको बेला शान्ति सुरक्षालाई व्यवस्थित गर्ने, अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई नियमित गर्ने र क्वरेन्टाइनहरुलाई मापदण्ड अनुसार सञ्चालन गर्न स्थानीय पालिकाहरुलाई आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकका निर्णयहरु र लकडाउनको आवश्यकता र औचित्यका बारेको समितिको सिफारिश मन्त्रिपरिषद बैठकमा पेश भई आवश्यक निर्णय हुनेछ ।

सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button