तपाईँ सुन्दै हुनुहुन्छः

धुलिखेल अस्पतालबाट आएका बिरामीसहित ४ जना क्वारेन्टाइनमा 

ओखलढुंगा । धुलिखेल अस्पतालबाट ओखलढुंगा आएका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुंगा आईपुगेका थिए । उनीहरुलाई आईतबार सदरमुकामस्थित ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा उच्च सतर्कता अपनाईरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाईन पठाईएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button