२०७८ साल असार ८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

रेडियो नेपाल २०७७ जेठ ४ गते १५:३५

काठमाडौं । चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा नागढुंगा नाकामा खटिएका टोले स्वयंसेवी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की छन् ।

उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा स्वयंसेवीले डाक्टरमाथि दुर्व्यवहार गरेको आरोपमा आइतबार नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

शुक्रबार दिउँसो कार्कीको समूहले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले फेसबुकमा लाइभ दिँदै कार्कीको गाडी प्रहरीकै अगाडी खानतलासी लिएका थिए ।

सम्बन्धित