तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा मृत्यु भएको महिलाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको संक्रमणमा परि ज्यान गुमाउनुभएकी सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल ट्वीटमा भन्नुभएको छ, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button