तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित हुनेको संख्या २९१ पुग्यो

काठमाडौं –  नेपालमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ  । योसँगै  कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २९१ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालययले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेहरुमा रौतहत राजपुर नगरपालिका फरहदवा– निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ बर्षीय पुरुष र रौतहट इशनाथ न.पा.३,५ निवासी २८, ३०, ३३ बर्षीय पुरुषहरु रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार उनीहरुको हालसम्म स्वस्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।

नेपालमा शनिबार पहिलो पटक कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।

Image

प्रतिक्रिया राख्नुहोस्

Back to top button