तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भारतबाट आउने बढेपछि क्वारेन्टाइन थपियो

नेपालगन्ज । भारतबाट आउने नेपालीहरुको संख्या बढ्दै गएपछि बाँकेमा क्वारेन्टाइन बढाइएको छ ।

जिल्लामा अहिले ४१ वटा क्वारेन्टाइनमा १ हजार १ सय २६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । ८ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी नरैनापुर गाउँपालिकामा ११ वटा क्वारेन्टाइन छन् । त्यहाँ ६ सय २६ जना बसिरहेका छन् ।

नरैनापुरमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्ये ४५ जनाको स्वाब पिसिआर परिक्षण गर्दा हिजो ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button