तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ सरकारले दोश्रो चरणको राहत वितरण गर्दै

जनकपुरधाम । ५४ दिन देखि जारी रहेको लक डाउनमा परेर पिडित बनेका गरिव, विपन्न तथा मजदूर एवं आर्थिक रुपमा कमजोर किसानलाई प्रदेश नंं २ का सरकारले वडा मार्फत दोश्रो चरणको राहत वितरण गरिरहेको छ ।

पहिलो चरणमा सम्बन्धित पालिकामा नै रकम पठाएकोमा खरिद प्रक्रियामा समस्या आएको र राहत वितरणमा समस्या आएपछि दोश्रो चरणको राहत वितरण आठ वटै जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालय मार्फत खरिद गरेर प्रदेशमा रहेको १ सय ३६ पालिकाका सवै वडाहरुलाई राहत प्रदान गरेपछि वितरण भईरहेको छ ।

हालसम्म २७ हजार परिवारमा राहत वितरण भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जगन्नाथ जयसवालले जानकारी दिनु भएको छ । प्रदेश सरकारले निर्माण गरेको राहत वितरण निर्देशिक २०७६ अनुसार नै राहत वितरण गर्ने काम भईरहेको र क्रम अझै जारी नै रहेको उहाँले बताउनु भयो ।

प्रदेश नंं २ मा गरिवीको रेखा मुनि रहेका गरिव तथा विपन्न परिवारको संख्या अत्यधिक रहेको छ । पालिकाको वडा मार्फत प्रदेश नंं २ को विभिन्न पालिकाका ८३ हजार परिवारमा रहत वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता जयसवालले जानकारी दिनु भयो ।

प्रदेश नंं २ का सरकारले वितरण गरिरहेको राहतमा मंसुली चावल २५ किलो, मसुरोको दाल २ किलो, खाने तोरीको तेल १ लिटर, नुन १ किलो, ५ सयग्राम सोयावीन तथा हात धुने सावुन १ रहेको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख संजिव कुमार दुवेले जानकारी दिनु भयो ।

धनुषा जिल्लाका १८ पालिकाको १ सय ६९ वडामा प्रत्येक वडामा ६० परिवारको दरले राहत वितरण गर्ने काम पहिलो पटक भएको कार्यालय प्रमुख दुवेले जानकारी दिनु भयो । अधिकांश वडामा वितरण भएको र वितरण हुन बाँकी रहेको वडाले चाँडै वितरण गर्ने प्रमुखले जानकारी दिनु भयो ।

अहिले लक्षित वर्गका व्यक्तिले सोझै हातमा नै राहत पाएका र राहतको प्याकेज पनि राम्रो भएकाले निक्कै खुशी पनि भएका छन् । यस अघिको राहत वितरण पालिकाले आफ्नो अनुकूल वितरण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button