तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमण पुष्टि भएकाको प्रत्यक्ष सम्पर्कमा रहेका दुई आइसोलेसनमा र आठ क्वारेनटाइनमा

भक्तपुर । कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका आठ जनालाई क्वारेन्टाइन र दुई जनालाई आइसोलेसनमा राखिएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले गत ३० गते कोभिड–१९ संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका १ दुवाकोट बस्ने शसस्त्र प्रहरी २७ वर्षीय युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने दुई, छिमेकी र हजाम दुई गरी सात जनाको परीक्षण गरेर क्वारेन्टाइनमा राखेको जानकारी दिनुभयो ।

त्यस्तै सुनसरीबाट आएर मध्यपुरथिमिमा नर्सको कोठासँगैको एक, एम्बुलेन्समा लिन आएका दुई जनालाई आइसोलेसनमा र सुनसरी रामधुनी घरमा १९ र सुनसरीबाट युवतीमा ल्याउने मोटरसाइकल चालकलाई क्वारेन्टाइनमा राखेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोटका २७ वर्षीय युवकको परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरू सबैको बुधबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रधानका अनुसार संक्रमित युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने २, छिमेकी, हजाम २ जना र २ साथीसहितको रिपोर्ट नेगेटिभ आएको हो ।

सुनसरीबाट भक्तपुरको मध्यपुर थिमि शङ्खधर चोकमा नर्स साथीकोमा आएर बसेकी कोरोना भाइरस संक्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा.सुमित्रा गौतमले रिपोर्ट नेगेटिभ आएपनि नर्सलाई आगामी एकसाता आईसोलेसनमै राखेर पुनः स्वाब परीक्षणको लागि पठाउने जानकारी दिनुभयो ।

त्यसपछि पनि रिपोर्ट नेगेटिभ आएपछि मापदण्ड अनुरुप क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको कोठामा गत २९ गते आएर बसेकी आरोग्य फाउण्डेसनमा कार्यरत युवतीलाई कोरोना संक्रमण भेटिएपछि नर्सको भक्तपुर अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएसँगै प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई बिल गरेको छ । शंखधरचोक स्थित बस्तीमा करिब २० घर रहेको बस्तीलाई शिल गरेर नेपाल प्रहरीको सुरक्षा गस्ती खटाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । शिल गरेको बस्तीमा कसैलाई आउन र जान दिएको छैन ।

संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत गरिएको छ ।

त्यसैगरी सङ्क्रमित शसस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ ।

बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरि सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम गरेको छ ।

संक्रमित भेटिएका दुबै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखीएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button